समाज


नक्कली सुन देखाएर साढे २१ लाख ठगी, दुई आरोपी पक्राउ

नक्कली सुन देखाएर साढे २१ लाख ठगी, दुई आरोपी पक्राउ

नेपालखबर
साउन ११, २०८२ आइतबार १७:५३, काठमाडौँ

नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँमा दिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ८ बोडे बस्ने वर्ष २८ को बुद्धी बहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने वर्ष २२ को सुमन तामाङ रहेका छन्।

उनीहरूले २०८१ फागुन २५ गते ओखलढुङगा चम्पादेवी गाउँपालिका–७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ बस्ने ढक बहादुर बुढाथोकीलाई इबामोरा चोक नजिक बोलाई १२ लाख र गत जेठ २७ गते दोलखाको भिमेश्वर नगरपालिका–५ घर भई हाल भक्तपुर राधे राधे बस्ने अर्जुन बस्नेतलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रुपैयाँ लिई फरार भएका थिए। 

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न बुद्धि बहादुर र सुमनलाई उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ। 

उनीहरूको साथबाट विभिन्न कम्पनीको चारवटा मोबाइल र सुन जस्तो देखिने एकथान पहेँलो धातु एक केजी पनि बरामद भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad