झापाको झापा गाउँपालिका– १ का ८१ वर्षीय भीम बहादुर भुजेल मृत भेटिएका छन्।
यही साउन ७ गते आफ्नै घरबाट हराएका उनी खोजतलास गर्ने क्रममा सानो माई खोलाको पुलदेखि अन्दाजी २०० मिटर दक्षिण खोलाको साईडमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान एवं कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली खटाइएको झापा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
30
Shares

प्रतिक्रिया