समाज


गण्डकीका पूर्व प्रदेशप्रमुख पृथ्वीमान गुरुङको निधन

गण्डकीका पूर्व प्रदेशप्रमुख पृथ्वीमान गुरुङको निधन

नेपालखबर
साउन ११, २०८२ आइतबार ८:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेतासमेत रहेका गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। शनिबार चितवनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। गुरुङ वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

यसअघि गुरुङले नेपाली कांग्रेस सभापति र भूमि आयोग नवलपरासीको अध्यक्ष भएरसमेत काम गरेका थिए। 

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ वि.सं.२००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका थिए। 

गुरुङका छोरा देश बाहिर रहेकाले हिजो उनको अन्त्येष्टि गरिएन। आज उनको देवघाटमा अन्यष्टि गरिने कांग्रेस चितवनले जनाएको छ। 

गुरुङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवासहितले शोक वक्तव्य प्रकाशित गरि दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad