समाज


काभ्रेमा पतिपत्नी र छोरा सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

काभ्रेमा पतिपत्नी र छोरा सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

नेपालखबर
साउन ११, २०८२ आइतबार ५:३७, काठमाडौँ

काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते छन्। 

आइतबार पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मोटरसाइकल सडकबाट अन्दाजी ६ मिटर तल खस्दा पनौती- ५ निवासी ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइक चालक सुजनाका पति ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बिएन्स थापा घाइते भएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी सुजनालाई उपचारको लागि शिर मेमोरियल लगिएको थियो। उपचारको क्रममा डाक्टरले उनलाई मृत मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ। 

उक्त शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ। घाइते बावुछोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad