प्रदेश राष्ट्रिय दैनिकका सम्पादक रामकुमार यादवलाई निर्माण व्यवसायी लालविहारी यादवसहितका व्यक्तिले फोनबाट गालीगलौज गर्दै धम्क्याएकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
‘कुनै पनि समाचारमा चित्त नबुझे त्यसउपर कानुनी या प्रचलित विधिमार्फत समाधान खोज्नुको साटो पत्रकार धम्क्याउने कार्य हुनु निन्दनीयमात्र होइन प्रेस स्वतन्त्रताविरोधी हर्कत हो’ महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’
Shares

प्रतिक्रिया