ad ad

समाज


लकडाउन उल्लंघन गर्ने पर्यटकलाई भारतमा ५ सय पटक ‘गल्ती भयो, क्षमा पाऊँ’ लेख्न लगाइयो

लकडाउन उल्लंघन गर्ने पर्यटकलाई भारतमा ५ सय पटक ‘गल्ती भयो, क्षमा पाऊँ’ लेख्न लगाइयो

नेपालखबर
बैशाख १, २०७७ सोमबार ९:१४,

भारतको ऋषिकेशमा लकडाउन उल्लंघन गर्ने १० जना पर्यटकलाई पाँच सय पटक माफीनामा लेख्न लगाइएको छ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारतमा हाल २१ दिने लकडाउन जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अवधि थप्ने अपेक्षा गरिएको छ।

लकडाउनका कारण उत्तराखण्ड राज्यमा पर्ने ऋषिकेश आसपास करिब ७ सय पर्यटक अड्किएका छन्।

उनीहरुमध्ये इजरायल, मेक्सिको, अस्ट्रेलिया लगायत मुलुकका १० पर्यटक हालै लकडाउन उल्लंघन गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए।

उनीहरु हरेकलाई ‘मैले लकडाउनको नियम पालना गरिनँ, क्षमा पाऊँ’ भनेर लेख्न लगाइएको स्थानीय प्रहरी अधिकारीलाई उधृत गर्दै एएफपीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .