समाज


गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

नेपालखबर
साउन ४, २०८२ आइतबार ६:४८, काठमाडौँ

अहिले गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ। 

ठूलो वर्षा भइरहेकाले त्यसले बाढी पहिरोको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

आइतबार बिहानैदेखि कास्कीको लुम्ले र त्यस आसपासको क्षेत्रमा भारी बर्षा भइरहेको छ। त्यस क्षेत्रमा थप वर्षाको सम्भावना पनि रहेकाले स-साना खोलामासमेत आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। 

प्राधिकरणले कास्की लगायत गण्डकीका केही जिल्लामा एसएमएस पठाएर पनि सतर्कता अपनाउन नागरिकलाई अग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad