समाज


राशिफल ४ साउन: मेषलाई विभिन्न अवसरको योग, लगनशील नहुँदा वृष उपलब्धिविहीन हुने, तपाईँको के?

राशिफल ४ साउन: मेषलाई विभिन्न अवसरको योग, लगनशील नहुँदा वृष उपलब्धिविहीन हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन ४, २०८२ आइतबार ४:३८, काठमाडौँ

आज आइतबार, ४ साउन २०८२ (२० जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आज भाग्यले विभिन्न अवसर जुराउनेछ। प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ। न्यायिक कार्य तपाईंको पक्षमा हुनेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग पनि नियन्त्रण गर्न जरुरी छ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ, तर साँझमा धन हात पर्नसक्छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

 

मिथुन: आज मध्यम खालको दिन छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। पुँजी बजारले पनि साथ दिनेछ, तर साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

 

कर्कट: आज परिवारजन र पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

 

सिंह: आज अतिथिको रूपमा सत्कार पाइएला। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

 

कन्या: आज गरेका काममा ढिलासुस्ती हुनेछ। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

 

तुला: आज पारिवारिक जीवन र प्रणय सम्बन्धमा गहिराइ आउनेछ। गरेको कार्यमा सफलता पाइनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

 

वृश्चिक: आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन्। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर पनि छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

 

धनु: आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

 

मकर: आज मनमा उत्साहको कमी देखिनेछ। वैदेशिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

 

कुम्भ: आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

 

मीन: आज व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। काम देखाएर अरूको मन जित्न सकिनेछ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad