समाज


विभिन्न कार्यालयको नक्कली छाप र विवरण तयार गर्ने व्यक्ति पक्राउ

विभिन्न कार्यालयको नक्कली छाप र विवरण तयार गर्ने व्यक्ति पक्राउ

नेपालखबर
साउन २, २०८२ शुक्रबार १५:४५, काठमाडौँ

विभिन्न सरकारी कार्यालय तथा बैंकहरुरूको छाप तथा विवरण तयार गरी कीर्ते गर्ने एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बस्ने वर्ष ५२ को सफराज खड्का रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले खड्काले कीर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाण पत्रहरू बनाउने गरेको सूचनाका आधारमा उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो।

खड्काले विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रवर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट तयार पार्ने गरेको प्रहरीको आरोप छ। 

खड्का विरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, यस किसिमका गैरकानूनी गतिविधिहरुमा आफु संलग्न नहुन र यस्ता  गतिविधिहरुका बारेमा कुनै पनि सूचना भएमा नजिकको प्रहरी कार्यालय वा ब्यूरोमा जानकारी गराउन समेत केन्द्रीय अनुसन्धान ब्यूरोले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad