नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म विद्यालय शिक्षा ऐन नआए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघले आज पत्रकार सम्मेलन गरी साउन २१ गतेसम्म विधेयक ल्याउन सरकारलाई समय दिएको हो।
महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीले विद्यालय शिक्षा विधेयक ल्याउन २० दिन सरकारलाई समय दिएको बताइन्।
‘असार १५ मै पास गर्नुपर्ने विधेयक ल्याउन सरकारले चासो नदिएकाले समय सिमा तोकेका हौँ,’ उनले भनिन् ‘साउन २१ गते भित्र पनि विधेयक नआए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने छौँ।’
शिक्षक महासंघले आफूहरूसँगको सहमति अनुसार विधेयन ल्याउनु पर्ने माग राखेको छ।
शिक्षक नियुक्त गर्दा आन्तरिक प्रतिष्पर्धाबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत राख्नु पर्ने र अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्व र स्थायी शिक्षकको बढुवाको विषयमा सहमति नहुदा विधेयक अघि बढ्न सकेको छैन।
विधेयक संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल मै छ।
Shares

प्रतिक्रिया