ad ad

समाज


कोरोनाबाट भारतमा एकै दिन ४३ को मृत्यु, संक्रमितको संख्या ९ हजार नाघ्यो

कोरोनाबाट भारतमा एकै दिन ४३ को मृत्यु, संक्रमितको संख्या ९ हजार नाघ्यो

नेपालखबर
बैशाख १, २०७७ सोमबार २:१७,

कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट भारतमा आइतबार एकै दिन ४३ जनाको मृत्यु भएको छ।

भारतमा कारोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ। सोमबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ संक्रमितको संख्या ९ हजार २०५ पुगेको छ।

संक्रमणबाट अहिलेसम्म भारतमा ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्। आइतबार एकै दिन त्यहाँ ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्।

संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउनको अवधि बढाउने घोषणा गरेको छ। सम्भवत आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको लकडाउनको घोषणा गर्नसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा बढ्दै गएको संक्रमणको प्रभाव नेपालमा पनि पर्न थालेको छ।

वीरगञ्जमा बस्दै आएका तीन भारतीय नागरिकमा कारोना संक्रमण पुष्टी भएपछि नेपालमा पनि त्रास बढेको छ। खुला सीमाका कारण भारतबाट नेपालमा संक्रमण फैलिने जोमिम धेरै छ।

संक्रमण फैलिने डरको कारण सरकारले नेपाल भारत सीमा नाकामा कडाई गर्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .