समाज


उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

नेपालखबर
साउन २, २०८२ शुक्रबार ८:५८, काठमाडौँ

उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

उनले आजबाट लागू हुने गरी बिहीबार न्याय परिषद्मा राजीनामा बुझाएका हुन्।

उनी हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए। २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो। उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन्।

उनले आफ्नो स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताए। नेपालखबरसँगको कुराकानीमा न्यायाधीश लम्सालले भने, ‘स्वास्थ्य अवस्थाका कारण घरैमा बस्नुपर्ने भयो। ३७ वर्ष न्याय सेवामा बिताइसकियो। अब स्वतन्त्र जीवन जिउँछु।’

उनको राजीनामा सँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएका छन्। यीमध्ये २ मुख्य न्यायाधीशका पद छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad