काठमाडौँको बल्खुस्थित कुमारी क्लबमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ।
बिहीबार अपरान्ह पाइप फुटेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइप मर्मत गरेको छ।
पानी बन्द भएको अवस्था र समयमै मर्मत गरेका कारण यसअघि जस्तो बल्खु क्षेत्रमा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेन।
यसअघि गएको (२०८१साल) फागुन २० गते थापाथलीमा र असोज ३० गते बबरमहलमा मेलम्चीको पाइप फुट्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो।
ती दुवै घटनामा मेलम्चीको पानीले जलमग्न बनाउँदा सर्वसाधारणले हैरानी ब्यहोरेका थिए।












438
Shares

प्रतिक्रिया