ad ad

समाज


धार्मिक भ्रमणका लागि नेपाल आएका ९ पाकिस्तानी मस्जिदभित्रै क्वारेन्टिनमा

धार्मिक भ्रमणका लागि नेपाल आएका ९ पाकिस्तानी मस्जिदभित्रै क्वारेन्टिनमा

नेपालखबर
चैत ३०, २०७६ आइतबार १४:३८,

धार्मिक भ्रमणमा नेपाल आएका ९ जना पाकिस्तानी नागरिकलाई रौतहटको मस्जिदमै क्वारेन्टिइनमा राखिएको छ। उनीहरुलाई देवाही गोनाही नगरपालिका–२ को करुनियास्थित मस्जिदमा फेला पारेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

पाकिस्तानी नागरिक महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह प्रहरीको निगरानीमा मस्जिदमा छन्।

सुनसरीको धार्मिक मेलामा सहभागी भएपछि उनीहरु तराईका मस्जिदमा धार्मिक भ्रमण गर्दै रौतहट आइपुगेका थिए। ९ जनै पाकिस्तानी नागरिकलाई प्रहरीको निगरानीभित्र मस्जिदमै क्वारेन्टिनमा राखिएको हो। १२ दिनसम्म उनीहरुमा कुनै लक्ष्यण नदेखिएको पनि एसपी खड्काले बताए।

हालसम्म उनीहरुको स्वाव परीक्षण गरिएको छैन। ‘पहिले नै नेपाल आएका रहेछन्, उनीहरुको अवस्था सामान्य छ, अब १४ दिनपछि स्वाव परीक्षण गर्छौं’, एसपी खड्काले भने।

मुस्लिम धर्म गुरुका रुपमा उनीहरु युएईको सारजहाबाट नेपाल आएका थिए। माघ ८ गते नेपाल आएपनि उनीहरु नफर्केको र तराई क्षेत्रका मस्जिदमा धार्मिक भ्रमण गरिरहेको पाइएको एसपी खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .