समाज


एक वर्ष कैद र २ करोड ७० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

एक वर्ष कैद र २ करोड ७० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

नेपालखबर
असार ३२, २०८२ बुधबार १५:३२, काठमाडौँ

११ महिनाभन्दा बढी कैद सजाय र २ करोड ७० लाख ८६ हजारभन्दा बढी रकम बिगो तथा जरिबाना तोकिएका व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी सम्बन्धी कसूरमा प्रतिवादी काठमाडौँ महानगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका ५ गोलढुङगा बस्ने ४६ वर्षका केदार अर्याललाई पक्राउ गरेको हो। 

एक करोड २५ लाख रुपैयाँ बिगो रकम भएको ठगी सम्बन्धी कसूरमा अर्याललाई प्रहरीले पक्राउ गरेको हो। कागेश्वरी मनोहरा ६ बाट पक्राउ परेका उनलाई अदालतबाट म्याद लिएर अनुसन्धान अगाडी बढाइएको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

उनीविरुद्ध यसअघि ५ वटा मुद्दामा अदालतबाट ११ महिना ८ दिन कैद र १ करोड ४५ लाख ८६ हजार ९ सय ५० रुपैयाँ जरिवानाको फैसला भएको अभिलेखबाट खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad