ad ad

समाज


र्‍यापिड टेष्टले बागलुङमा देखायो एकजनामा संक्रमण, पोखरामा थप परीक्षण हुने

र्‍यापिड टेष्टले बागलुङमा देखायो एकजनामा संक्रमण, पोखरामा थप परीक्षण हुने

नेपालखबर
चैत ३०, २०७६ आइतबार १२:२०,

बागलुङकी अर्की ६५ वर्षीया महिलामा कोरोना (कोभिड–१९) संक्रमण देखिएकोे छ।

आइतबार र्‍यापिड टेस्टका क्रममा बागलुङको काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको हो

काठेखोला गाउँपालिका वाड नम्बर ६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले एक महिलामा र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ (संक्रमण) पाइएको बताए। उनले ती महिलाको स्वाब (नमूना) संकलन भइरहेको र उक्त स्वाबको पोखरामा परीक्षण हुने बताए।

‘र्‍यापिड टेस्टका क्रममा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष कँडेलले भने, ‘स्वाब संकलन गरेर पोखरा पठाउने तयारी गर्दैछौँ।’

वडाध्यक्ष कँडेलले ती महिला २३ दिनअघि भारत तीर्थ गएर आएको जानकारी दिए।

त्यस्तै धौलागिरी अस्पतालका डाक्टर शैलेन्द्र विक पोखरेलले र्‍यापिड टेस्टका क्रममा एक महिलामा कोरोना पोजेटिभ देखिएको बताए।

‘र्‍यापिड टेस्टका क्रममा उक महिलामा कोरोना पोजेटिभ देखियो’, नेपालखबरसँग कुरा गर्दै डा. पोखरेलले भने, ‘हामीले स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने तयारी गरिरहेका छौँ।’

यसअघि बागलुङकै ६५ वर्षीय महिला र १९ वर्षीय युवतीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनीहरु दुवै धाैलागिरी अस्पतालमा उपचाररत् छन्। 

सरकारले परीक्षणकाे दायरा देशभर व्यापक गराउने उद्देश्यसहित प्रत्येक प्रदेशमा ५ हजारका दरले र्‍यापिड टेस्टका सामग्री वितरण गरेकाे छ। त्यसले संक्रमण भएकाे देखाएमा पुष्टिका लागि थप परीक्षण गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .