समाज


पहिरो हटाएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

पहिरो हटाएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार ११:३६, काठमाडौँ

पहिरो र लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्। काभ्रेका तीन ठाउँमा पहिरो खस्दा गएराति १० बजेदेखि नै बीपी राजमार्ग अवरुद्ध थियो। 

पहिरो पन्छाएपछि केही बेरअघिबाट बीपी राजमार्गमा गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए। 

रोसी गाउँपालिका- ११ स्थित माम्ती खोला, रोसी- ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। 

‘तीन ठाउँकै पहिरो र लेदो हटाएपछि गाडी चल्न थालेका छन्। बाढीले केही ठाउँमा सडक कटान गरेको थियो, त्यो पनि मर्मत गरिएको छ,’ डीएसपी घलेले नेपालखबरसँग भने, ‘तत्कालको लागि यातायात सञ्चालन भएको छ। तर, सानो पानी पर्दा पनि सडक अवरुद्ध हुने समस्या भने अहिले पनि यथावत नै छ।’

पहिराे र लेदाे भएकाे ठाउँमा सडक एकतर्फी रहेकाे जानकारी दिए। 

गत वर्ष असाेज १२ गते आएकाे बाढीले क्षतविच्छद भएकाे बीपी राजमार्ग सामान्य वर्षामा समेत अवरुद्ध हुने गरेको छ। यस वर्ष पनि वर्खा लागेसँगै याे सडक पटकपटक अवरुद्ध भइसकेकाे छ। 

सडककाे अवराेध हटाउनका लागि सडक डिभिजन भक्तपुरले धुलिखेलदेखि सिन्धुलीको सिमाना डालाबेशीसम्म जेसिबी, लोडर, ग्रेडर, ट्रीपरलगायतका २१ वटा उपकरण राजमार्गमै राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad