देशभरको ७७ जिल्ला पूर्ण खोपयुक्त धोषणा भएका छन्। आज नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्ला पूर्ण खोप जिल्ला धोषण भए सँगै ७७ जिल्ला पूर्ण खोप धोषणा भएको हो।
परिवार कल्यणा महाशाखा खोप शाखा प्रमुख डा अभियान गौतमले ७७ जिल्लाका २ बर्ष मुनिका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको बताए।
‘चालु आर्थिक बर्षमा नै सबै जिल्ला पूर्ण खोप जिल्ला धोषणा भएको छ, एकै आर्थिक बर्षमा सबै जिल्लालाई पूर्ण खोप जिल्ला धोषणा गर्न सफल भयौँ,’ उनले भने ‘सबै बालबालिकाले खोप पाएको सुनिश्चित गर्न सफल भयौँ।’

एक दशकअघि अछाम जिल्लाबाट पूर्ण खोप जिल्ला अभियान धोषणा भएको थियो। शिशु जन्मिएदेखि १५ महिनासम्म सबै खोप लगाएका बालबालिकाको संख्यालाई हेरेर पूर्ण खोप जिल्ला धोषणा गर्ने गरिएको छ।
डा गौतमका अनुसार मधेस प्रदेश मात्र हालसम्म पूर्ण खोप प्रदेश धोषणा भएको छ। ‘६ वटा प्रदेश पूर्ण खोप प्रदेश हुन बाकीँ छ, अहिले जिल्लालाई धोषणा गरेका छौँ, अब थप अनुगमन गरेर प्रदेश पनि धोषणा गछौँ।’ सरकारले शिशु जन्मिएदेखि १५ महिनासम्म विभिन्न रोगविरुद्धको खोप निशुल्क लगाउँदै आएको छ।
Shares

प्रतिक्रिया