समाज


सवारी दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु

सवारी दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:१७, काठमाडौँ

तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तनहुँको व्यास नगरपालिका-१ अम्रेनीस्थित सडक छेउमा रोकी राखेको बा १ क ८७१४ नम्बरको मिनिट्रकमा ग २२ प ३९८९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सागर न्यौपानेको निधन भएको हो।  

दुर्घटनामा गम्भीर घाइते भएका व्यास नगरपालिका-१२ छिर्कनेका न्यौपानेलाई उपचारका लागि रत्नहरि अस्पतालमा लगिएको थियो। चिकित्सकले उपचारककै क्रममा उनको निधन भएको घोषणा गरेका हुन्।  

त्यस्तै दुर्घटनामा घाइते १ जनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरामा लगिएको छ। घाइते स्कुटरमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad