समाज


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

नेपालखबर
असार ३०, २०८२ सोमबार १७:२३, काठमाडौँ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच सशस्त्र प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत तथा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थिति थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने, ‘सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भूमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बिमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ। त्यसैले यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ भनेर कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उदेश्यका साथ उक्त सामग्री उपलब्ध गराएको हो।’

साथै भविष्यमा आवश्यकता अनुसार सहकार्य गर्दै जान सकिने जानकारी गराए। 

सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बिमा सेवा प्रदान गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि सामाजिक हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad