हाल (आइतबार राति) काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा मौसमी प्रणाली विकास भएर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकमा वर्षा भइरहेको छ।
यसैगरी मकवानपुर, रामेछाप र सिन्धुली, दार्चुला, बैतडी,बझाङ, दैलेख, गोर्खा, लमजुङ, स्याङ्जा, बागलुङ, रोल्पा जिल्ला आसपासका क्षेत्रमा मेघगर्जन/चट्टयाङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।
महाशाखाले भनेको छ : उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा रहेकाले सो क्षेत्र आसपासका क्षेत्रमा सावधानी अपनाउनु होला।
1.3k
Shares

प्रतिक्रिया