तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न आफूहरु यस पटक असफल भएको बताए।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन गएका थिए। तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ।
उनले थपे, ‘हामी ठूलो उत्साह लिएर गएका थियौँ। शाक्य वंशको राजधानी भनेर लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपर्ने थियो। तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो। भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ। भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन।’
मन्त्री पाण्डेले अर्को पटक कमीहरू सुधार गर्ने, अन्य देशहरुसँग पनि कूटनीतिक पहल गर्नेगरी आफूहरु अघि बढ्ने बताए।
Shares

प्रतिक्रिया