ad ad

समाज


भारतमा एकैदिन ९ सय १० कोरोना संक्रमति थपिए, ३४ को मृत्यु

भारतमा एकैदिन ९ सय १० कोरोना संक्रमति थपिए, ३४ को मृत्यु

नेपालखबर
चैत ३०, २०७६ आइतबार ७:३०,

भारतमा गएको २४ घण्टामा ९ सय १० कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ३४ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ८ हजार ५०४ पुगेका छ। त्यहाँ मृतकको संख्या २८९ पुगेको छ।

भारतमा २१ दिने लकडाउन अप्रिल १४ तारिखमा सकिँदैछ। यद्यपी सरकारले अझै १६ दिन लकडाउन बढाउने योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

शनिबार दिल्लीका मुख्यमन्त्रीसहित अन्य राज्यका मुख्यमन्त्रीहरुले लकडाउन अवधि बढाउन सुझाव दिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .