समाज


पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार १०:५०, काठमाडौँ

पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। 

गुल्मीकाे कालीगण्डकी गाउँपालिका-६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडकमाथिबाट ठूलाे चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। 

तर अहिले पनि निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउन असम्भव देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad