रौतहटको गौर नगरपालिका–१ बाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्।
सर्लाही रामनगर गाउँपालिका–२ बस्ने ३० वर्षीय चंदन पंडितलाई ९ लाख २८ हजार ५ सय नेपाली रूपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
60
Shares

प्रतिक्रिया