ललितपुरको कुपण्डोलमा ट्यांकरको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-१ कुपण्डोलमा बागमती प्रदेश ०१-००३ क ९२४८ नम्बरको ट्यांकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
मृतकको नाम, थर र बतन खुल्न बाँकी छ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ५५ वर्षीय ती पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
513
Shares

प्रतिक्रिया