पछिल्ला दिनहरुमा धान रोपाइँ गर्न मजदुरहरु पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ। छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो।
अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएकोे छ। विगतका वर्षहरुको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो । धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुरहरु बढी हुने गरेको भए पनि अहिले भने त्यो सङ्ख्या घटेको हो।
उनले भने, ‘कामदार नपाए पछि अहिले किसानहरुले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन्।’
उनी आफैंले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाए। धान रोप्नका लागि जिल्लाका कामदारहरु नपाउने र तराईबाट आएका मजदुरहरुको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राईस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ। अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफूहरु लागि परेको उनले बताए।
बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम सङ्ख्यामा पाइने गरेको छ। तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुरहरु कम आउन थालेको उनले अनुमान गरे।
उनले भने, ‘वैदेशिक रोजार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षहरुको तुलनामा कम संख्यामा मजदुरहरु आएको पाएका छौँ।’
आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उनले भने।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताए। अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ। अघिल्ला वर्षभन्दा कम सङ्ख्यामा मजदुरहरु आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन्।
छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उनले बताए। यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उनले बताए।
जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ। जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिए। मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो।
उनले भने, ‘जिल्लाको धान रोपाइँका लागि तराई मूलका कामदारको भर पर्नुपर्ने बध्यता छ। यसलाई प्रविधिको प्रयोगले केहीसम्म सहज बनाएको छ।’
जिल्लामा सावा, गोरखनाथ, साबित्री, राधाचार, हर्दिनाथ र युएस ३१२ जातका धान बढी मात्रामा लगाइने गरेको छ। रासस
Shares

प्रतिक्रिया