समाज


बाढीपहिरो: बीपीसहित यी १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरो: बीपीसहित यी १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नेपालखबर
असार २५, २०८२ बुधबार ९:३६, काठमाडौँ

बाढीपहिरोका कारण अहिले मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडाैँ प्रवेश गर्ने बीपी राजमार्ग, कान्ति लाेकपथसहितका सडक बाढी पहिराेकाे कारण अवरुद्ध भएका हुन्।

बाढी पहिराेकाे कारण सङ्खुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थितपूर्व पश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।

बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्। पहिराे पन्छाएपछि यी सडकमा एकतर्फी गाडी चल्न थालेका छन्।

गएराति एक बजेतिर काभ्रेकाे रोशी गा.पा. ९ पिन्थलीस्थित खहरे खोलाको लेदो सडकमा थुप्रिँदा बीपी राजमार्ग आज बिहान ८ बजेसम्म अवरुद्ध भएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad