ग्लोबल


अमेरिकाका विमानस्थलमा अब पर्दैन जुत्ता फुकाल्न

अमेरिकाका विमानस्थलमा अब पर्दैन जुत्ता फुकाल्न

अमेरिकाका विमानस्थलमा जाँचका समयमा यात्रुहरूले बेल्ट र कोट भने अझै फुकाल्नुपर्नेछ।


नेपालखबर
असार २५, २०८२ बुधबार ९:४३, काठमाडौँ

अमेरिकाका विमानस्थलहरूमा सुरक्षा जाँचका क्रममा यात्रुहरूले अब जुत्ता फुकाल्न पर्दैन। 

अमेरिकाको यातायात सुरक्षा प्रशासन (टीएसए) ले दुई दशकपछि विमानस्थलमा सुरक्षा जाँचका लागि जुत्ता खोल्नुपर्ने नियम हटाएको हो। 

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘यो परिवर्तन सबै अमेरिकी विमानस्थलहरूमा तुरुन्तै लागु हुनेछ, यद्यपि बहुस्तरीय स्क्रिनिङ प्रक्रिया भने जारी रहनेछ।’

नोएमका अनुसार हवाई यात्रुले अझै पनि जाँचका बेला आफ्नो बेल्ट र कोट भने खोल्नु पर्नेछ। साथै ल्यापटप र तरल पदार्थ झोलाबाट निकाल्नुपर्नेछ, तर यी नियमको पनि समीक्षा भइरहेको छ।

वास्तवमा डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामीको उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए।

बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन् र यात्रुहरूले उनलाई समातेर लगे। यसपछि विमानलाई बोस्टनमा सुरक्षित अवतरण गरियो।

यसपछि २००६ मा अमेरिकाले हवाई यात्रुहरूको सुरक्षा जाँचका क्रममा जुत्ता फुकाल्ने नियम लागु गरेको थियो। 

बीबीसीका अनुसार नोएमले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘हाम्रो सुरक्षा प्रविधि धेरै परिवर्तन भएको छ। यो धेरै विकसित भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad