समाज


सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता

सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता

नेपालखबर
असार २४, २०८२ मंगलबार १९:५, काठमाडौँ

नेपाल सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। वार्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरु भएको हो। 

वार्तामा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी छन्। 

त्यस्तै चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्षसहित चिकित्सकहरूसँग सम्बन्धित विभिन्न संगठनका नेतृत्व पनि सहभागी छन्।  

यसअघि आजै दिउँस‍ो यस विषयमा तीन मन्त्रीले छलफल गरेका थिए। उक्त छलफल पछि चिकित्सकहरूसँगको अहिलेको वार्ता तय भएको थियो।  
 

उपभोक्ता अदालतको फैसलाप्रति आपत्ति जनाउँदै चिकित्सकहरू सेवा ठप्प पार्दै आन्लदोलनमा छन्। सोमबार ओपीडी सेवा ठप्प पारेका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका थिए।

२ दिनदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। त्यससपछि उनीहरूले काठमाडौँको नयाँ बानेश्वरसम्म विभिन्न प्लेकार्डसहितको र्‍याली निकालेका थिए। आन्दोलन नेपाल चिकित्सक संघको अगुवाइमा भएको हो।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad