समाज


भोटेकोसीमा बाढी: यस्तो छ रसुवामा भएको क्षतिको प्रारम्भिक विवरण (तस्बिरहरू)

भोटेकोसीमा बाढी: यस्तो छ रसुवामा भएको क्षतिको प्रारम्भिक विवरण (तस्बिरहरू)

नेपालखबर
असार २४, २०८२ मंगलबार ८:५४, काठमाडौँ

रसुवाको गोसाइकुण्ड गाउँपालिका- २ रसुवागढीमा आज बिहान आएको बाढीले धेरै जनधनको क्षति गरेको छ। 

चीनतर्फ भएको ठूलो बर्षाको कारण भोटेकोसी नदीमा मंगलबार बिहान ठूलो बाढी आएको स्थानीय प्रशासनले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेम बहादुर शाहीले दिएको जानकारी अनुसार बाढीमा तीन जना प्रहसहित झण्डै १७ जना बेपत्ता भएका छन्। बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ। 

नेपाल चीन जोड्ने मितेरीपुल पनि बाढीको कारण बीच भागमा भाँचिएको छ। पुल भाँचिएपछि आवतजावत पूर्णरुपमा अवरुद्ध छ। 

सशस्त्र प्रहरीका अनुसार अहिलेसम्म रसुवागढी टिमुरेस्थित भन्सार यार्डमा राखिएका चारवटा मालबाहक कन्टेनर बाढीले बगाएको छ। त्यसैगरि टिमुरेस्थित चार्जिङ स्टेशनमा राखिएका आठवटा जति ईभी गाडी पनि बाढीले बगाएको छ। 

भन्सार कार्यालय रसुवाको यार्डमा राखिएका ९ वटा लोड कन्टेनर डिब्बा पनि बाढीले बगाएको प्रहरीले जनाएकाे छ। बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेकाे छ। 

नदिमा पानीको बहाव अझै बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई सचेत गराइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

त्यहाँ अहिले टिमुरेबाट सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा २० जनाको टोली खटिएका छन्।

गोसाइँकुण्ड गाउँपालिका २ तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी- रसुवागढी सडक खण्ड पनि बाढीले कटान गरेको छ। ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध छ। 

रसुवागढीको भन्सार कार्यालयको यार्डको बाढीमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उद्धार गरेका छन्। 

घटनास्थलमा नेपाली सेनाको श्रीनाथ गणबाट उद्धार टोली खटिएको छ। 

हेर्नुहाेस् बाढी प्रभावित रसुवागढी क्षेत्रका थप तस्बिर

तस्बिर: नेपाली सेना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad