बागमती


भोटेकोसी बाढीमा ३ प्रहरी, ९ नेपाली र ६ चिनियाँ बेपत्ता : रसुवा प्रहरी

भोटेकोसी बाढीमा ३ प्रहरी, ९ नेपाली र ६ चिनियाँ बेपत्ता : रसुवा प्रहरी

बाढीले रसुवाको अवस्था


नेपालखबर
असार २४, २०८२ मंगलबार ९:७, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय रसुवाले मंगलबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि १८ जना सम्पर्कविहीन भएको जानकारी दिएको छ।

प्रहरीले सूचना जारी गरी ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएको हो।

तर अहिलेसम्म सबैको पहिचान खुलाइएको छैन। 

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर बाढी आएको हो। 

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ। 

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ। 

रसुवा प्रहरीले जारी गरेको सूचना-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad