समाज


हवाई फायर गरेर लागुऔषधसहित ४ जना पक्राउ

हवाई फायर गरेर लागुऔषधसहित ४ जना पक्राउ

नेपालखबर
असार २२, २०८२ आइतबार १८:३२, काठमाडौँ

ठूलो मात्रामा लागुऔषधसहित ४ जाना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोले एक भारतीय नागरिकसहित ४ जनालाई सेतो र खैरो हेरोइनसहित पक्राउ गरेको हो। 

ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेकामध्ये एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.५ किलोग्राम सेतो हेरोइनसहित नियन्त्रणमा लिइएको हो भने अन्य ३ जनालाई मोरङको रंगेलीबाट ४०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

ब्यूरोका अनुसार ६५ वर्षीय भारतीय नागरिक राकेश वहाबलाई बैंककबाट काठमाडौँ आइपुगेपछि विमानस्थलमा लगेज जाँच गर्दा सेतो हेरोइन लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरनमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, विशेष सूचनाका आधारमा ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको संयुक्त टोलीले रंगेली नगरपालिका–८ स्थितबाट ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन, ३८ वर्षीय सुशिल बुढाथोकी र ५४ वर्षीय किर्तनन्द ठाकुरलाई पक्राउ गरेको हो। 

उनीहरुलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad