ad ad

समाज


कोरोनाः संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा मृत्यु पनि विश्वमै बढी हुँदै, यस्तो छ ताजा तथ्यांक

कोरोनाः संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा मृत्यु पनि विश्वमै बढी हुँदै, यस्तो छ ताजा तथ्यांक

नेपालखबर
चैत २९, २०७६ शनिबार २:५२,

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) बाट संसारमै सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकाका यसबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै हुने सम्भावना बढिरहेको छ।

नेपाली समय शनिबार बिहान साढे ८ बजेसम्म (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोनाबाट संक्रमितको संख्या संसारमै सबैभन्दा बढी अमेरिकामा ५ लाख २८ हजार ८ सय ७६ पुगेको छ भने मृत्यु हुनेको संख्या विश्वमै सबैभन्दा बढी इटलीमा १८ हजार ८ सय ४९ पुगेको छ।

तर पछिल्लो समय मृतकको संख्या पनि अमेरिकामा बढी हुने सम्भावना बढ्दै गएको छ। यो खबर तयार पार्दासम्म अमेरिकामा झन्डै इलटीमा जत्तिकै कोरोनाका कारण १८ हजार ७ सय ४७ जनाको ज्यान गइसकेको छ। यसपछि सबैभन्दा बढी स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ।

यस्तै अमेरिकापछि सबैभन्दा बढी संक्रमण स्पेनमा देखिएको छ। त्यहाँ अहिलेसम्म १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित फेला परेका छन्। 

यसपपिछ विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा देखिएका छन्। त्यहाँ अहिलेसम्म १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .