ad ad

समाज


कालीगण्डकीमा हामफाल्दा महिलाको मृत्यु

कालीगण्डकीमा हामफाल्दा महिलाको मृत्यु

नेपालखबर
चैत २९, २०७६ शनिबार २:५२,

पर्वतमा नदीमा फाल हान्दा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्ने ३५ वर्षीया देवकी थापा मगर रहेकी प्रहरीले जनाएको छ।

पर्वतको बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हाम फाल्दा मगरको मृत्यु भएको हो। उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

पोखरा–१६ दीप बस्ने २४ वर्षीय अमृत मगर नदीमा डुबेर बेपत्ता भएका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। त्यस्तै पोखरा –५ मालेपाटन गोलचौतारास्थित नहरमा एक नवजात शिशुको शव फेला परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .