समाज


गोदाममा छापा मारेर साढे १८ लाखको लत्ताकपडा बरामद

गोदाममा छापा मारेर साढे १८ लाखको लत्ताकपडा बरामद

नेपालखबर
असार २०, २०८२ शुक्रबार १०:५९, पर्सा

वीरगन्ज महानगरपालिका-१ बाट सशस्त्र प्रहरीले १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ।
    
भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रुपले भण्डारण गरी राखिएको लत्ता कपडासहितका सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्सा, प्रस्तावित सीमा सुरुक्षा गुल्म वीरगन्ज, बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले बिहीबार बरामद गरेको हो।
    
विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयास्थित लिलावती देवीको एक तल्ले पक्की घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारेर उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
    
बरामद गरिएको सामान सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad