समाज


धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते

तस्करबाट जोगिन सशस्त्रद्वरा १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर
धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८२ शुक्रबार १०:६, काठमाडौँ

धनुषामा तस्कर समूहसँगेको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। तस्करको थप आक्रमणबाट जोगिने सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ। 

विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा बिहीबार तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

गोबराही क्षेत्रमा अवैध सामान लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तरस्कर समूहले आक्रमण गरेका हुन्। 

अवैध सामान खोजतलास गर्ने क्रममा सशस्त्रले एउटा मोटरसाइकल फेला पारेको थिाये। नजिकै रहेको टहरोमासमेत खोजतलास गर्ने क्रममा अन्दाजी डेढसयको संख्यामा लुखिछिपी बसेका तस्कर समूहले  घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। 

उनीहरुबाट भएको ढुंगामुढाका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्। स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको छ।
    
घाइतेमध्ये बढी चोट लागेका जना सशस्त्र प्रहरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। 
,

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad