सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३० २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको हो।
त्यस्तै १०७ झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने र ३० वटा सडक पुल मर्मत गर्ने जनाएको छ। पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले २ सय ४९ वटा सिंचाई आयोजना सम्पन्न भइ ३ हजार ७ सय हेक्टर जमिन सिञ्चित हुने बताए।
एक सय किलोमिटर सडक निर्माण हुने र ३ सय किलोमिटर सडक कालोपत्रे हुने बताए। उनका अनुसार सरकारले ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्नेछ।
त्यस्तै सरकारले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने, उपत्यकाका ४ स्थान जितपुर फेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भइ जग्गा विकास कार्य शुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिएको छ।
उपत्यकाको व्यवस्थित शहरीकरणका लागि हरियाली प्रवद्धन, सचेतना, आकाशे पानी संकलन, वन तथा पोखरी संरक्षण गर्ने पनि सरकारको योजना रहेको छ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य सुरु गर्ने, सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयन अन्तर्गत सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माण सुरु गर्ने सरकारको योजना छ।
अतिविशिष्ट पदाधिकारीहरुको आवास निर्माण कार्य अन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य सुरु गर्ने जानकारी दिए। त्यस्तै मन्त्रालयले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्लथ तथा मनोरञ्जन पार्क निर्माण र्का अघ बढाउने बताएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक, सहरी विकास विधेयक, नगर विकास कोष सम्बन्धी विधेयक, वागमती सभ्यता सम्बन्धी विधेयक, बस्ती विकास सम्बन्धी विधेयकको नियमावली तयारीको क्रममा रहेको बताए।
Shares

प्रतिक्रिया