स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको वीर अस्पतालले जनाएको छ।
मन्त्री पौडेल असार १४ गते ज्वरोको कारण अस्पताल भर्ना भएका थिए। अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उनको उपचार भइरहेको छ।
अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र सम्पूर्ण उपचार टोली उनको स्वास्थ्य सुधारप्रति आशावादी रहेको जानकारी दिएको छ।
234
Shares

प्रतिक्रिया