खेल


पीएसजी र बायर्न म्युनिख क्लब विश्वकपको क्‍वार्टरफाइनलमा

पीएसजी र  बायर्न म्युनिख क्लब विश्वकपको क्‍वार्टरफाइनलमा

नेपालखबर
असार १६, २०८२ सोमबार १२:५, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिख फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। पीएसजीले क्लब विश्वकपमा स्थान बनाएसँगै अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सीको इन्टर मियामी भने नकआउट चरणबाटै बाहिरिएको छ। 

गएराति भएको खेलमा पीएसजीले मियामीमाथि ४-० को फराकिलो जित दर्ता गर्दै अन्तिम आठमा पुगेको हो। युरोपियन च्याम्पियन पीएसजीको जितमा जोआओ नेभेसले दुई तथा अच्राफ हाकीमीले एक गोल गरे। एक गोल उपहार स्वरुप पाएको थियो। 

पीएसजीले अब सेमिफाइनल प्रवेशका लागि बायर्न म्युनिखसँग खेल्नेछ। गएराति नै भएको खेलमा बायर्नले फ्लामेन्गोमाथि ४-२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। क्लब विश्वकपको अन्तिम १६ मा आज सोमबार राति इन्टर मिलान र फ्लुमिनेन्स खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad