समाज


काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ

काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ

नेपालखबर
असार १५, २०८२ आइतबार १७:१५, काठमाडौँ

काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ परेका छन्।  

आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ गरिएको हो। 

अदालतको शौचालयबाट भाग्ने व्यक्ति रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार थिए। २०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनलाई आइतबार म्याद थपका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि लगिएको थियो। तर ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad