कारोबार


चेम्बरले अर्थमन्त्रीलाई भन्यो– सुन र बहुमूल्य पत्थरको विलासिता र भ्याट कर पुनरवलोकन गरौँ

चेम्बरले अर्थमन्त्रीलाई भन्यो– सुन र बहुमूल्य पत्थरको विलासिता र भ्याट कर पुनरवलोकन गरौँ

नेपालखबर
असार १५, २०८२ आइतबार १७:१८, काठमाडौँ

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरवलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ।

सुनमा प्रस्ताव गरिएको २ प्रतिशत विलासिता कर र हिरा लगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) अव्यवहारिक र उपभोक्तामा समेत गम्भिर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो। 

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरबारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लिखित विलासिता कर र भ्याट पुनरवलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकूल हुने बताएको छ। 

सरकारको कर नीतिले नीतिले सुनचाँदी तथा रत्न आभूषणको व्यवसाय नै सञ्चालन गर्न नसकिने र र यो क्षेत्रमा लाखौं जनशक्तिले रोजगारी समेत गुमाउने अवस्था आएकाले सरकारको निर्णय पुनरवलोकन गर्न अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए। 

चेम्बर पदाधिकारीहरुसँगको भेटका क्रममा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भीरताका साथ लिने प्रतिबद्धता जनाए। 

उनले सरोकारवाला निकायसँग छलफल गरेर समस्या समाधान गर्ने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad