समाज


पहिरोले विद्यालय भवन भत्कियो, पठन पाठन अवरुद्ध

पहिरोले विद्यालय भवन भत्कियो, पठन पाठन अवरुद्ध

फाइल फोटो


नेपालखबर
असार १५, २०८२ आइतबार १५:२१, बागलुङ

यहाँको एक विद्यालयमा पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित बनेको छ। बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन भत्किँदा पठनपाठन प्रभावित भएको हो। 

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार कक्षाकोठामा पूर्ण रुपमा क्षति पुर्याएको छ। 

दुईमध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिए। दुईवटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उनको भनाइ छ।

विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताए।

उनले भने, ‘पहिरो राति गएको हो, दिउँसोको समयमा गएको भए मानवीय क्षति हुनसक्ने रहेछ, पहिरो अहिले रोकिए पनि विद्यालयमा पठनपाठन गर्नसक्ने अवस्था छैन, चार कोठामा पहिरोले ठूलो क्षति पुर्‍याएको छ, पहिरो कक्षाकोठा भित्रै पसेपछि हिलाम्मे छ, गाह्रो भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्था छ।’

गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताए। असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उनको भनाइ छ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १२२ बालबालिका अध्ययनरत छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad