किशोरीलाई बलात्कार गरेको आरोप लागेका योङ कम्युनिस्ट लिग (वाईसीएल) कर्णाली प्रदेश समिति सदस्य रमेश केसी लिलम्बित भएका छन्।
वाईसीएल कर्णाली प्रदेश समितिका अध्यक्ष लक्ष्मण वली र सचिव लोकेन्द्र रानाले विज्ञप्ति जारी गर्दै केसीलाई संगठनबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–४ का ३० वर्षीय केसीलाई प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा गएको बिहीबार नै पक्राउ गरेको थियो। केसी वाईसीएलको चौरजहारी नगर कमिटीका इन्चार्जसमेत हुन्।
केसीको बलात्कारमा परेकी १७ वर्षीया किशोरीबाट एक वर्षअघि नै शिशुको जन्मसमेत भइसकेको खुलेको छ। केसीले आफूलाई २०७९ सालमा बलात्कार गरेको आरोप किशोरीको छ। पीडित भनिएकी किशोरी जाजरकोटकी हुन्।
१७ वर्षको उमेरमा केसीले आफूलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेको आरोप उनले लगाएकी छन्।
पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भएको छ। छोरीको जन्म भएपछि केसीले ‘सबै खर्च व्यवस्थापन गर्छु, मुद्दा मामिला नगर’ भन्दै रोक्दै आएका थिए।
किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना
पछिल्लो समय उनले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। सोही उजुरीका अधारमा प्रहरीले केसीलाई रुकुम पश्चिमको शानीभेरी गाउँपालिका–२ बाट बिहीबार दिउँसो पक्राउ गरेको हो।

Shares

प्रतिक्रिया