समाज


किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना

किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना

नेपालखबर
असार १३, २०८२ शुक्रबार १२:२९, सुर्खेत

किशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी परेपछि केसीलाई पक्राउ गरिएको जानकारी दिए। 

‘एक महिनाअघि नै एक किशोरीले हामीकहाँ जाहेरी दिएकी थिइन्। प्रहरीले त्यसको आवश्यक प्रक्रिया पूरा गरेर केसीलाई प्रकाउ गरेको हो,’  उनले नेपालखबरसँग उनले भने,  हामीले खोजतलासको काम जारी राखेका थियौँ, त्यसबेला उहाँ फेला पर्नु भएको थिएन।’ 

डीएसपी विष्टले निरन्तर खोज्ने क्रममा रुकुम पश्चिमको शानीभेरी गाउँपालिका–२ बाट बिहीबार दिउँसो केसीलाई पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान जारी राखेको र अनुसन्धानपछि कानून अनुसार कारबाही हुने उनले बताए। उनले भने, ‘घटना २०७९ साल तिर भएको रहेछ। प्रहरीलाई जाहेरी भने जेठ १८ गते आएको हाे।’

प्रहरीका अनुसार बलात्कृत किशोरी परिवारकै सम्पर्कमा छिन्। 

पक्राउ गरेका केसी नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटीका इन्चार्ज हुन्। 

रेशमले ललाई फकाई गरेर जाजरकोटकी १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेकाे आरोप छ। 

पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भइसकेको छ। उक्त शिशु क्षेत्रीकै रहेको किशोरीको दावी छ। 

स्रोतका अनुसार बलात्कारपछि गर्भ बसेको जानकारी पाएपछि केसीले गर्भ पतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन्। छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु। मुद्दा मामिला नगर भन्दै रोक्दै आएका किशोरीको आरोप छ। 

पछिल्लो समय क्षेत्रीले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad