समाज


यी १२ जिल्लामा सोमबारसम्म भीषण वर्षाको सम्भावना, आठबुँदे चेतावनी जारी

यी १२ जिल्लामा सोमबारसम्म भीषण वर्षाको सम्भावना, आठबुँदे चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८२ शनिबार २१:११, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज असार १४ गते रातिदेखि पर्सि असार १६ गते बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। 

प्राधिकरणले शनिबार साँझ जारी गरेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

अत: ठूलो वर्षाका कारण ती जिल्ला वा क्षेत्रमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र बच्ने उपाय अपनाउन प्राधिकरणले सल्लाह दिएको छ।

भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेका जिल्ला तथा स्थानका लागि विपद् व्यवस्थापन प्राधिकरणले ८ बुँदे चेतावनी जारी गरेको छ। 

हेर्नुहोस्

. यस अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्ने।

. मौसमी बुलेटिनहरूको अद्यावधिक जानकारी लिइराख्ने।

. डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउने।

. नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने। सकेसम्म नदी किनारमा नजाने।

. नदी किनारका निर्माण कार्य स्थगन गर्ने।

. उच्च जोखिम रहेका जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले सवारी आवागमनबारे आवश्यक निर्णय गर्ने। सोको पालना सबैले गर्ने।

. प्रतिकार्यका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह एवं स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा
रहने।

. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा अलर्टमा रहने।

हेर्नुहोस् विपद् प्राधिकरणले जारी गरेको सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad