समाज


कर्णालीको प्रशासनिक पुनर्संरचनाः अध्ययन समितिले बुझायो प्रतिवेदन

कर्णालीको प्रशासनिक पुनर्संरचनाः अध्ययन समितिले बुझायो प्रतिवेदन

नेपालखबर
असार १३, २०८२ शुक्रबार १५:४०, सुर्खेत

कर्णाली प्रदेश सरकार मातहतका निकायलाई प्रशासनिक पुनर्संरचना गर्न गठिन अध्ययन समितिले प्रतिवेदन बुझाएको छ। शुक्रबार प्रदेशको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरिय संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो। 

प्रदेशको विद्यमान प्रशासनिक संरचना पुनर्संरचनामार्फत सरकारका कार्यसम्पादनलाई थप चुस्त र व्यवस्थित बनाउन दुई महिना पहिला कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्वसचिव लक्ष्मण अर्यालयको संयोजकत्वमा अध्ययन समिति गठन गरको थियो। 

उक्त समितिले दुई महिना लगाएर प्रदेश सरकार मातहतका निकायमा गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष समितिका संयोजक अर्यालले मुख्यमन्त्री कँडेललाई हस्तान्तरण गरेका हुन्।  अध्ययन समितिको सदस्यमा डाक्टर सुरेश तिवारी र डाक्टर गोपिकृष्ण खनाल थिए।

प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनमा समावेश भएका विषयहरु भने गोप्य राखिएको छ। 

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका कामकारवाही तथा सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त व्यवस्थापनका विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनका आधारमा प्रशासनिक पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने बताए। 

उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण सुझाव समितिको सिफारिसका आधारमा समान प्रकृतिका संरचना एक आपसमा गाभ्ने, औचित्यपूर्ण नदेखिएका संरचना खारेज गर्ने लगायतका कार्य मार्फत प्रशासनिक संरचनालाई चुस्त र उपयुक्त आकारमा रूपान्तरण हुने गरी प्रदेशको प्रशासनिक पुनर्संरचना गर्ने कार्य अघि बढाइने कर्णाली सरको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad