एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अभ्यासमा व्यस्त छ।
एसियन कप छनोटको लागि उज्वेकिस्तानमा हुँदै गरेको प्रतियोगितामा नेपालले समूह ‘एफ’ अन्तर्गत तीन खेल खेल्नेछ। नेपालको प्रतिस्पर्धा घरेलु टोली उज्वेकिस्तानसहित लाओस र श्रीलंकासँग हुनेछ।
नेपालले आइतबार लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। समूह चरणको दोस्रो खेलमा नेपालले असार १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुने। एसियन कपमा छनोट हुन असफल भएमा नेपालको महिला टोलीका लागि फिफा महिला विश्वकप २०२७ र ओलम्पिक छनोटका लागि पनि ढोका बन्द हुनेछ।



















Shares

प्रतिक्रिया