समाज


माधव नेपालको थुनछेक बहसः अख्तियार पक्षको सकियो, नेपाल पक्षका वकिलको सुरु

माधव नेपालको थुनछेक बहसः अख्तियार पक्षको सकियो, नेपाल पक्षका वकिलको सुरु

नेपालखबर
असार ११, २०८२ बुधबार १७:४४, काठमाडौँ

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा जारी थुनछेक बहसमा सरकारी पक्षका वकिलले बहस सकाएका छन्। 

वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस सुरु गरेका थिए। त्यसपछि अन्य ३ जना सरकारी वकिलले बहस गरेका थिए। उनीहरूले नेपाललाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माँग गरे।

सरकारी पक्षले करिब २ घण्टा बहस गरेपछि माधव नेपालको पक्षका वकिलले बहस सुरु गरेका छन्। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसका लागि नेपाल पक्षका ५० जनाले वकालतनामा लेखाएको पनि ८ जनाले मात्रै बहस गर्न पाए।

वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिसकेका छन्। उनीसहित ८ जना वकिलले नेपालको पक्षमा बहस गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad