कारोबार


आफ्नो सामाजिक सञ्जाल प्राइभेट भए पब्लिक बनाउन नेपाली भिसा आवेदकलाई अमेरिकाको अनुरोध

आफ्नो सामाजिक सञ्जाल प्राइभेट भए पब्लिक बनाउन नेपाली भिसा आवेदकलाई अमेरिकाको अनुरोध

नेपालखबर
असार ११, २०८२ बुधबार १७:४५, काठमाडौँ

नेपालस्थित अमेरिकी राजदूतावासले भिसा आवेदकहरुलाई आफ्नो सामाजिक सञ्जाल प्राइभेटमा राखेको भए पब्लिक बनाउन अनुरोध गरेको छ। 

सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले उक्त आग्रह गरेको हो। 

यसको अर्थ अबदेखि दूतावासले एफ, एम वा जे श्रेणीको भिसा प्रमाणीकरण गर्नुअघि आवेदकहरुको सामाजिक सञ्जाल गतिविधि अवलोकन गर्ने भएको हो। 

‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’, दूतावासले भनेको छ, ‘आजैदेखि प्रभावकारी रुपमा एफ, एम वा जे श्रेणीका आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरुलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरुको गोपनीयता सेटिङलाई सार्वजनिकमा परिवर्तन गर्न अनुरोध गरिन्छ।’ 

यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad